५. आयोगको काम, कर्तव्य र अधिकार
यस आदेशमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त आयोगको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ः–
(क) सुदुर पश्चिम क्षेत्रको विकासको सम्भावना र अवसरलाई अध्ययन गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्ने,
(ख) सुदुर पश्चिम क्षेत्रको विकास योजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्नका लागि उपयुक्त संरचना तथा संयन्त्रको निर्माण र विकास गर्ने,
(ग) सुदुर पश्चिम क्षेत्रको समग्र आर्थिक एवं सामाजिक विकासका लागि क्षेत्रगत नीति तर्जुमा, अनुगमन तथा मूल्याङ्कन गर्ने,
(घ) सुदुर पश्चिम क्षेत्रको आर्थिक, सामाजिक विकासका समग्र पक्षका बारेमा तथ्याङ्क सङ्कलन तथा प्रशोधन, अध्ययन, अनुसन्धान गरी वा गराई संप्रेषण गर्ने, गराउने,
(ङ) सुदुर पश्चिम क्षेत्रको आर्थिक विकासको लागि आवश्यक पर्ने स्रोत र साधनको आँकलन गर्ने,
(च) सुदुर पश्चिम क्षेत्रको समग्र विकासको लागि अवलम्बन गर्नुपर्ने नीतिका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
(छ) सुदुर पश्चिम क्षेत्रको गरिबी निवारणको रणनीति तर्जुमा गरी निश्चित अवधिभित्र निरपेक्ष गरिबी अन्त्य गर्न कार्यक्रम सञ्चालन गराउने,
(ज) सुदुर पश्चिम क्षेत्रमा सञ्चालित विभिन्न विकास आयोजनाको कार्यान्वयन र प्रतिफलको समीक्षा गरी नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गर्ने,
(झ) मुलुकको आवधिक योजनाअनुरुप सुदुर पश्चिम क्षेत्रको वार्षिक विकास कार्यक्रम, लक्ष्य तथा प्राथमिकता निर्धारण गर्ने,
(ञ) नेपाल सरकारका विभिन्न निकायहरूसँग समन्वय गरी वार्षिक विकास कार्यक्रमका लागि बजेट सीमा निर्धारण गर्ने,
(ट) क्षेत्रगत मन्त्रालय, सचिवालय, विभाग तथा निकायहरूले तयार गरेका सुदुर पश्चिम क्षेत्रको योजनाको स्वीकृतिका लागि सहमति दिने र क्षेत्रगत नीति तर्जुमा गर्न सहयोग पु¥याई कार्यान्वयनका लागि सुझाव तथा निर्देशन दिने,
(ठ) सुदुर पश्चिम क्षेत्रको विकाससँग सम्बन्धित विकास आयोजनाको प्रस्तावको मूल्याङ्कन गरी आवश्यकताअनुसार स्वीकृत गर्ने,धधध।
(ड) स्वीकृत कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने,
(ढ) सुदुर पश्चिम क्षेत्रमा अवस्थित प्राकृतिक स्रोतको दिगो तथा कुशल व्यवस्थापनको आवश्यक नीति तथा योजना बनाउने,
(ण) सुदुर पश्चिम क्षेत्रमा रहेका र सो क्षेत्रबाट उत्पादन हुने मानव संशाधन विकास तथा परिचालनको लागि दीर्घकालीन तथा अल्पकालीन योजना तर्जुमा गरी क्षेत्रगत कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने वा गराउने,
(त) सुदुर पश्चिम क्षेत्रमा सम्भाव्य राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र तथा आयोजनाको पहिचान गरी राष्ट्रिय योजना आयोगसँग समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने,
(थ) नेपाल सरकारले समय समयमा तोकेका अन्य काम गर्ने ।